समाचार

“किन यस्तो भयो? “ प्रोफेसर जगमोहन आजाद जिल्ल भयो । “मैले त उसको कर्कलो बारी फाँडेको होइन! किन मसित यस्तो व्यवहार गर्छ त्यो मान्छे?कि मेरै सोच उल्टो हो ?“ आफूभित्र प्रवेश गर्यो आजादले । “म खुरुखुरु आफ्नै तालमा सामाजिक सन्जालमा रमाएकोछु, कसैलाई केही भन्न गएको छैन । मेरो खुशी, मेरो आनन्द, मेरा केही आत्मीय, हुन त यो आत्मीय भन्ने कुरा पनि त्यस्तै हो ।“ मनमा कुरा खेले । अनि सम्झियो सरस्वतीनाथ केन्द्रोपाध्याय साधु, उनको बोली,“ हामी पहिले पनि सत्सङ्गमा, अहिले पनि सत्सङ्गमा, फरक के भने, सत्सङ्ग उही हो, पात्र र पात्रा बदलिए । अनि नि सोझो अनुज आजाद, जीवनमा अपमान यति धानियो कि आदि भइयो, र, कसैले सम्मान गरेमा असहज लाग्छ, र, एउटा कुरा नि भाइ तिम्रो सरस्वतीनाथ दुई दिनमा बनेको हो र ? हँ, अँ, र सर्वसमाप्तिपछि भविष्य बाँकी रहन्छ । र, आऊ न यार, बसेर गफ गर्न हुन्छ । मेरो पनि, अब, को छ र ?“ मन पग्लियो । अनि लाग्यो सोच्न त्यो पात्रको बारेमा । टीकाराम यात्री र माधव गुरुपथगामी भएर अनुसन्धान गर्यो, गवेषक भएर, नतिजा यस्तो निस्कियोः ।
चौहत्तरकान्त गिरिजोपाध्याय नेपालीलाई एउटा केटोले बुद्धि बिगारेर दुःख दिएछ, ऊ वडा अध्यक्ष भएको बेलामा, विजया दशमीको दिन, विनोदपुर कृष्णटोलमा सुरु भएको विवाद, “झोकयात्रा“ त्यो केटो, अङ्ग्रेजीकान्त चतुर्वेदीको पिताश्रीको सम्धीको थाप्लोमा पुगेछ, कोशीको बाढी बिहार पुगेजस्तो । अनि नि, ती सम्धी, अयोध्याभक्त राजजी महाराज मोती जयन्ती मनाएर दुष्यन्त भेटी उही सरस्वतीनाथको काखमा पुगे, उतै प्रेम भयो । झोकयात्रा सरस्वतीनगर पुग्यो । छत्तीसगन्ज निवासी प्रोफेसर जगमोहन आजाद र सरस्वतीनाथ “ कल्याणजी + आनन्दजी“ ॐ पुरी र नसरूद्दीन शाहजस्ता, कलङ्की र बैकुण्ठनगरजस्ता, यसरी सरुवा भएछ “झोकयात्रा “ नामको कोरोना आजादको थाप्लोमा । “हैट, यस्तो पनि हुन्छ ? ससुरालीको पनि ससुरालीको पीर सम्झिएर छोरो तनावमा परेको थियो, हाम्रो, यो पाकिस्तानमा भुट्टोलाई परमधाम पठाएको पराकम्पनले नेपालमा जनमतसङ्ग्रह भएको थियो, इतिहास दोहोरियो ।“ अनेक सोच्दै आजादले सरस्वतीनाथसित केही गफ गर्यो । “दुनियाँ हो भाइ, अझै के के हुन बाँकी छ, कसैलाई दोष नदिने, यी सबै अघिल्लो जुनीको कमाइ हुन्, र, स्वीकार्ने ! र, आज आउनू ! धेरै दिन भयो । पूर्व युवतीहरूमाथि निबन्ध लेख्नुछ । यो गणतन्त्र हो भाइ, र, जत्रो घोडा मिल्छ, चढिहाल्ने, र, शेष कुरा विशेष समयमा, भाइ औजी आएका थिए, फौजीको कुरा गरेर गए, र “तोरी लाहुरे“ पढियो, र, राम्रो चलेको छ कलम तिम्रो, र, शिवनन्दन पनि बेजोड ! खुशी लाग्यो । अब शुभारम्भ भयो । आऊ है ! “सरस्वतीनाथको हिमालजस्तो व्यक्तित्वले राम्रो साहित्यिक विकाश भएको छ, दीपहरू, दीपाहरू झलमल्ल, कोही छैन अलमल्ल ! “झोकयात्राको अनुशन्धानको मै दारो गरेर आजाद फ्यान्ते गफ गर्न लाग्यो कोकयात्रातिर, गुरु गोविन्द सम्झिएर, “जीवन एक झोकयात्रा पनि हो ! “उसको मनले भन्यो, र, आफैंसित झोक्कियो, किन आएको यता, को छ तेरो ? “उत्तर दियो,“ पेलम पेले पेलानी, पेलम पेले पेलानी, पेलम पेले पेलानी, पेलम पेले पेलानी, एक दिन त माया देला नि, जय भवानी ! “आफ्नो दीवानगी देखेर मुसुक्क, आजादजी ! र, कथा सक्कियो !