• २०८१ श्रावाण ४ शुक्रबार

बुद्धि सागरको उपन्यास ‘एक्लो’ लोकार्पण

काठमाडौं । साहित्यकार बुद्धि सागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो । कार्यक्रममा गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरेका थिए ।

उनका ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास तथा ‘बुद्धिसागरका कविता’ फाइन प्रिन्टबाट प्रकाशित भएका छन् । यो नयाँ उपन्यास पनि फाइन प्रिन्टले नै प्रकाशन गरेको हो ।