• २०८१ बैशाख १९ बुधबार

चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ पुस्तक बजारमा

काठमाडौँ ।

चिरन्जीवी वाग्लेले लेखेको पुस्तक ‘बहादुर शाह’ प्रकाशन भएको छ । लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्लेले गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेखेका हुन् । स्वयं लेखक पनि गोरखाबाट तीनपटक सांसद निर्वाचित भई मन्त्री बनेका व्यक्ति हुन् ।

नेपालको इतिहास पढ्दै आएका पाठकहरूका निम्ति बहादुर शाह साहसिक र स्वप्नद्रष्टा पात्र हुन् । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका नाममा पनि उनलाई इतिहासमा उल्लेख गरिएको छ । कतिपय इतिहासकारले त उनलाई राष्ट्रिय विभूतिभन्दा माथिको योगदान दिएका तर विभूति नबनाइएका पात्र पनि भनेका छन् ।

‘लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् । ‘बहादुर शाह’ले नेपाञ्लयको ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । यसअघि योगेश राज लिखित ‘रणहार’ उपन्यास नेपाञ्लयबाटै प्रकाशित छ, जुन भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल केन्द्रित आख्यान हो । तीन सय १६ पृष्ठको यो पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ छ । यो उपन्यास मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।

‘बहादुर शाह’ लाई नेपाञ्लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि thuprai.com बाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन् ।