कविता

भारतको कुमाऊँ (अल्मोडा) को एस. एस. जीना विश्वविद्यालयमा भएको International seminar on Himalayan folk culture कार्यक्रममा साहित्यकार डा. विदुर चालिसेलाई अभिनन्दित गरिएको हो ।
अभिलेखीय नेपाली क्रिया विषयमा विद्यावारिधि गरेका डा. चालिसेले उक्त कार्यक्रममा “हिमालय क्षेत्रको शासकीय संस्कृति“ विषयमा अनुसन्धान पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालको त्रिभुवन विश्वविद्यालयको तर्फबाट डा. विदुर चालिसेको सहभागिता थियो भने अमेरिका, पोल्याण्ड, क्यानडा, स्वीजरल्याण्ड, पोर्चुगल, श्रीलंकाबाट इतिहास तथा संस्कृति विषयका अध्येताहरूकोसमेत सहभागिता रहेको थियो।
कार्यक्रममा भारतको राजस्थान, कुमाउ, लखनउ, बनारस हिन्दु विश्वविद्यालयलगायत १५ वटा विश्वविद्यालयको सहभागिता थियो । उत्तराखण्ड अल्मोडाको एसएस जिना विश्वविद्यालयको इतिहास, पुरातत्व तथा सांस्कृतिक विभागद्वारा आयोजना गरिएको उक्त अन्तराष्ट्रिय गोष्ठीमा २ सय १३ वटा कार्यपत्र प्रस्तुत भएको आयोजक विश्वविद्यालयका प्राध्यापक डा.गोकुल देउवाले जानकारी दिएका छन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले हालै मात्रै १७ वर्ष अनुसन्धान गरेर ‘द हिष्ट्री अफ मिडिभल डोटी (मध्यकालिन डोटी राज्यको इतिहास)’ नामक अंग्रेजी भाषाको पुस्तक प्रकाशनमा ल्याएका हुन् ।