• २०८३ मंसिर १०, बुधबार

‘सुदूरपश्चिम साहित्य महोत्सव-२०८३’ आयोजना हुँदै

काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा महोत्सवम आयोजना हुँदैछ । सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, भाषा, सभ्यता र सामाजिक विविधतालाई राष्ट्रिय विमर्शको केन्द्रमा ल्याउने उद्देश्य महोत्सवको रहेको छ । महोत्सवमा डेढ दर्जनभन्दा बढी सत्र सञ्चालन हुनेछन् । सुदूरपश्चिमका मौलिक ज्ञान, लोकसाहित्य, भाषा, संस्कृति र सामाजिक अनुभवलाई उजागर गर्नुका साथै यहाँको साहित्यिक सिर्जनालाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको महोत्सवका केन्द्रीय संयोजक दीपक सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार प्रदेशका नौ वटै जिल्लाका कवि तथा गजलकारको सहभागितामा कविता र गजल साँझ आयोजना गरिनेछ । यस्तै, हुड्केली, छलिया, होरी, देउडा र सखियालगायतका मौलिक सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने कार्यक्रम छ । साहित्य लेखन कार्यशाला, पुस्तक विमोचन तथा साहित्य, इतिहास र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुति पनि महोत्सवका आकर्षण रहनेछन् आयोजकका अनुसार गोपाल हमाल, डा. हेमराज पन्त, डा. लोकबहादुर विष्ट, पद्मराज जोशी, गोकर्ण अवस्थी, उमादेवी वादी, रक्षा बम, इन्दु थारू, राज सरगम, डा. तुलसी शर्मा, मिलन पाण्डे, महेशविक्रम शाह, केशव दाहाल, विप्लव प्रतीक, राजकुमार बानियाँ, डा. अस्मिता विष्ट, शैलेन्द्र अधिकारी, बाबु त्रिपाठी, विश्व सिग्देल र प्रज्वल अधिकारीलगायतको उपस्थिति रहने छ ।

महोत्सवमा आख्यानकार नारायण ढकालले ‘नेपाली साहित्य हिँडेको बाटो’ शीर्षकमा विद्वत् प्रवचन दिने कार्यक्रमसमेत रहेको छ । महोत्सवले सुदूरपश्चिमका सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा योगदान पु¥याउनुका साथै प्रदेशको मौलिक पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।