• २०८१ मंसिर १७ सोमबार

भानु साहित्य उद्यान चुँदी रम्घामा बनाउने सरकारको घोषणा

काठमाडौं ।

सरकारले तनहुँको चुँदी रम्घामा भानु साहित्यिक पार्क स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषी महान लेखकहरूको शालिकसहितको भानु साहित्य उद्यान र सप्तधाम स्थापना गरिने उल्लेख छ ।

अर्थमन्त्री पुनले तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषी महासाहित्यकारको शालिक र सप्तधामसहितको भानु साहित्य पार्क स्थापना गरिने बताए । त्यसैगरी राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख राख्न गोरखामा ऐतिहासिक सङ्ग्रहालय निर्माण गर्ने पनि बजेटमा उल्लेख छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, संगीत, नाटक आदि अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गरिने सरकारको भनाइ छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि रु. ११ अर्ब ९१ करोड विनियोजन गरेको छ ।