• २०८१ बैशाख १५ शनिवार

रिजालको दर्शनभित्रको दर्शन’ दोस्रो संस्करण प्रकाशित

काठमाडौँ ।

दर्शनभित्रको दर्शन नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । सुदूर पश्चिम विश्वविद्यालयको दर्शन विषक पिएचडीको पाठ्यक्रममा समावेश यस पुस्तकका लेखक वरिष्ठ पत्रकार तथा अध्यात्म चिन्तक आचार्य कमल रिजाल हुन् ।

त्रिविविमा समेत अनौपचारिकरूपमा पठनपाठन भइरहेको यस पुस्तकलाई साहित्य पोस्टले प्रकाशित गरेको हो । विगत २०७४ सालमा अर्कै प्रकाशन गृहबाट प्राकाशित यस पुस्तकमा पौरस्य दर्शनका षड्दर्शन तथा तिनका वादका साथै केही पश्चिमी दर्शनका विषयवस्तु समेटिएका छन् । पुस्तकमा तीन खण्ड छन्, जसमा वैदिक दर्शन, अवैदिक दर्शन र विविध दर्शनखण्ड पर्छन् ।पुरानो प्रति सकिएकाले अर्को संस्करण निकाल्नु परेको लेखक रिजालले बताए । उनी भन्छन्– ‘बजार पुस्तकको माग बढ्दै गएको भए पनि पुनः प्रकाशनका लागि पूर्व प्रकाशन गृहको चासो नदेखिएकले अर्कै प्रकाशन गृहबाट प्रकाशित गराउन वाध्य भएको हुँ ।’