• २०८१ श्रावाण ११ शुक्रबार

नानीमाया

इन्द्रेणीशर्मा जलद

इन्द्रेणीशर्मा जलद

बेड न ३७ मा रहेकी नानीमाया आर्थिक अभावको कारण नर्स डाक्टरसँग कुरा गर्दै थिइन् । बिरामीको उपचारको बारेमा औषधि उपचार खर्च दिन सरकारले पटक पटक दबाव दिएको थियो । प्राइभेट अस्पतालको वजेट अरूको निम्ति थिएन आनाकानी गरेको थियो ।
कोरोनाको कारण नानीमाया जीवनको अन्तिमश्वास लिँदै थिइन् । उनको हालत उनकै बेड नजिकका बिरामीको आफन्ती थिए दयाराम । आफ्नो विरामीको स्वास्थ्य सुधार हुँदा खुशी देखिन्थे अर्को बेडको बिरामी देखेर बिरामी कुरूवाको मन पग्लिन पुग्छ । यो थियो मानवीय भावनाको करूणाको उद्गार सोच । यसैले मानिसलाई महान् बनाउँछ ।
उनको साहित्यिक यात्रामा धेरै कठिनाई देखे भोगे । आज फेरि एउटी किशोरीको उद्धार गर्नु उनको विचारमा आयो । सोचे यी नारी यही समाजकी छोरी चेली हुन के थाहा भोलि यिनैले अरूको पनि सहयोगी मनलाई फैलाउने छिन् । हुनसक्छ, त्यो भाग्यमानी म पनि हुन सक्छु । मनमा धेरै कुरा खेल्यो ।
डाक्टर चन्द्रप्रसाद आएर नानीमायाको बेड नजिक सोधे “बेड न ३७ को विरामीको आफन्तको कोही हुनुहन्छ भने लिएर जान सक्नु हुनेछ यहाँको उपचार हामीले गर्न सक्दैनौ डिस्चार्ज गरी अर्को बिरामी ल्याउनु छ”
नजीक गाउँले भेष भुषा भएका व्यक्ति देखिए उनी नानीमायाका बाबा रहेछन् आँखा भरि आँसु पार्दै भने “म जस्तो निर्धन गरीबले कहाँ लैजाऊ ? मेरो मृगौला वेचेर पनि छोरीको उपचार गरूला हजूर त्यसो नभन्नुस् डाक्टर साब । आफ्नो धर्म त सम्झिनुस्”
दयाराम आएर कडकिदै भनें “के हो डाक्टर ज्यू तपाईँको यो कस्तो व्यवहार हो ? म भुक्तानी दिन्छु ल तुरून्त नानीको हालत हेरेर उपचार गर्नुस् बुझ्नु भयो ?
नानीमायाको उपचार राम्रो भयो । सम्पूर्ण उपचार खर्च भुक्तानी गरे । उनको बाबाको आँखामा देखिएको खुशी अतुलनीय थियो । नानीमायाले पुर्लुक्क दयारामलाई हेरिन् मुटु नै छुने बोलीमा भनिन् “अंकल हजुर साक्षात् भगवान् हुनु हुँदोरहेछ । मेरो बाबाको खुशी र हजुरको महानता देख्दा म कुन शब्दमा व्यक्त गरुँ ?”
“नानी तिम्रो जीवन बच्यो यसको प्रमुख श्रेय डाक्टरलाई जान्छ म त केबल निमित्त मात्र हुँ”
समय बित्दै थियो डिस्चार्ज गरी जाँदै गर्दा नानीमायाको सुमधुर बोलीमा भाबुक हुदै भनिन् “अंकल हजुरको ठेगाना र मोबाइल नं दिनुस् न समय मिल्यो भने भेट गरूला । हजुरको यो गुन र सहयोगले म बाँचे मेरो बाबाले आशामारी सक्नु भएको रहेछ । संसार देख्न लेखेको रैछ बाँचे”
एक क्लिक फोटो खिचे सम्झनाको लागि “नानी म नै आउने छु बरू तिम्रो मोबाइल नम्बर दिनु है । मेरी छोरी पनि तिमी जस्तै थिइन् यही पापी कोरोनाले लिएर गयो । हो नानी तिम्रो अनुहारमा मेरी छोरी शान्तिको स्वरूप पाएकोले हो अन्यथा नसोच्नु है ।”
“आफ्नो मोबाइल नं ठेगाना दिँदै ‘हुन्छ अंकल हामी जान्छौ है फेरि भेटौला”
एउटा गाडीमा बाबा छोरी गेट तिर लागे दयाराम हेरी रहे उनको मन भरिएर आयो जीवनको अन्तिम समयमा भेटिएको पुरानो पात्र संझी रहे एकदिन अचानक वस्तीमा एउटा विरामी मानिस देखिन्छन् । नजीक आएर हेर्छिन उनै दया राम थिएं । अंकल हजुर !
“हो नानी घरबाट निकालिए र सडकमा छु । के गरू नानी मलाई चिन्यौ र ?’
“किन नचिन्नु अंकल मेरो देवतालाई ? आँखा रसाए दुबै आपसमा हराए दुबैको कथाव्यथा मार्मिक थियो समाजको लागि जिवन्त कहानी जस्तो ।


इन्द्रेणी शर्मा जलद, लन्डन, बेलायत
[email protected]