काठमाडौँमा आयोजित एक कार्यक्रममा स्रष्टा कमल ज्ञवालीद्वारा लिखित संस्मरणसङ्ग्रह ‘सत्प्रयास’ विमोचन गरिएको छ । उक्त पुस्तक दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा टेक्सास इन्टनेसनल कलेज मित्रपार्कमा विमोचन गरिएको थियो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे तथा मञ्चासीन अतिथिहरू र लेखकले सामूहिकरूपमा पुस्तक लोकार्पण गरेका थिए ।
समीक्षक कृष्ण प्रधानले पुस्तकबारे समीक्षा र ठाकुर शर्मा भण्डारीले कवितात्मक समीक्षा गरेका थिए । इतिहासविद् दिनेशराज पन्त, सूर्यबहादुर सेन, भागवत ढकाललगायतले शुभकामना मन्तव्य दिएका थिए । दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक विमोचन समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व सम्पन्न भएको थियो ।