• २०८१ मंसिर २९ शनिवार

सडक

सुस्मिता नेपाल

सुस्मिता नेपाल

धूलो मिसिएको हावाले एक्कासि दुवै आँखामा झ्वाम्म हान्दा अत्तालिएछु । हिँडिरहेका खुट्टाहरू टक्क अडिएछन् । बिस्तारै­बिस्तारै आँखा खुले । चरैतिर हेरेँ । वातावरण धमिलो थियो । एकदमै धमिलो ।

सधैँझैँ पढाउने काम सकेर घर फर्किन लाग्दै थिएँ । केही मानिसहरूले कुरा गरेको सुनेँ– ‘बाटो बन्द छ रे ! गाडीहरू केही पनि चल्दैन रे ! बाइरोडको बाटोमा एउटा मानिस गाडीले किचेर मारेछ रे, त्यसको विरोधमा अहिले बन्द गरेका रे ।’

मन भरङ्ग भयो । मान्छेलाई किचेर मार्ने काम त साह्रै दुःखलाग्दो कुरा हो । यसरी मानिसलाई कीरा–फट्याङ्ग्रासरि मारेको कुरा बेलाबेलामा सुनिन्थ्यो । अवश्य, यो कुनै पनि हालतमा राम्रो कुरा थिएन । मानिस मानिसप्रति मायालु हुनुपर्ने । आफ्नो कामप्रति मानिस योग्य र इमानदार हुनुपर्ने । जिम्मेवार हुनुपर्ने । तर यस्तो भइरहेको थिएन । तर यो जसरी नराम्रो कुरा थियो, त्यसरी नै नराम्रो कुरा थियो– एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने सर्वसाधारण जनताले अचानक हुने बन्दको सिकार हुनु । यो कुरा पनि राम्रो थिएन ।
अरूलाई जस्तै मलाई पनि कसरी घर पुग्ने होला भत्रे कुराले सतायो । घर त जसरी भए पनि जानैपथ्र्यो । बीच बाटोमा मेरो बस्ने ठाउँ कहाँ थियो र ! हिँडेरै भए पनि घर जाने निर्णय गरेँ । थाकेका खुट्टाहरूसँग सम्झौता गरेँ ।

मध्य दिन । घाम चरक्क चर्केको थियो । चैत महिना भएर होला मध्यदिनमा हावा चलिरहेको थियो । धूलो उडिरहेको थियो ।

मानिसहरूको आवाजमा एक किसिको पीडा मिसिएको थियो । समयमा पुग्नुपर्ने ठाउँमा नपुगिएला कि भनेर उनीहरू सँगसँगै हतारो पनि कुदिरहेको थियो । फाट्टफुट्ट बाइकहरू देखिन्थे भने साइकलहरू पनि कुदिरहेका थिए ।

माइतीघरको मण्डलाबाट म थापाथलीतिर हिँडिरहेकी थिएँ । बूढाबूढीहरूमाथि मेरो ध्यान गयो । बिरामी रहेछन् । हिँड्नलाई उनीहरूलाई सकस परिरहेको थियो । उनीहरूका ओठमुख सुकिसकेका थिए । हजुरआमाजस्ती लाग्ने ती बूढीआमाले थाकेको आवाजले गाँठो परेको मनलाई फुकाइन्– ‘कसले गरेको होला बन्द ? हामीलाई यस्तो दुःख दिएर के पाउँछन् होला यिनीहरूले ! माथिबाट हेरिरहेका छन् भगवान्ले । म त घर पुग्न सक्दिनँ कि ? बरू यतैकतै बस्नुपर्ला । बन्द सकिएपछि गाडीमा जानुपर्ला कि घर ।’

बूढाबाले एकपल्ट बूढीको अनुहारमा पुलुक्क हेरे । उनलाई पनि त्यस किसिमको अवस्थमा हिँड्न मन परिरहेको थिएन । आफ्नो मनलाई बलियो पार्दै उनले भने– ‘गाडी कतिखेर चल्छ ? भर्खर त एक बज्न लाग्यो । तीन बजे मात्र चल्छ भन्छन् । एकछिन अगाडि सबै कुरा ठीकै थियो । अत्तो न पत्तोसँग बन्द भयो । गाडी चल्नासाथ हामीले गाडीमा ठाउँ पनि त पाउन सक्नुप-यो नि ! हामीजस्तालाई कसले वास्ता गर्छन् र ! सानो बसमा सिट छ भनेर हाल्छन् । होला नि त भनेर बस चढ्यो तर त्यहाँ बस्ने सिट त के उभिएर समात्ने ठाउँसमेत हुँदैन । भर्खरका केटाकेटी सिटमा मजाले बसेका हुन्छन्, दया गरेर हामीलाई सिट पनि छाड्दैनन् । कहिले यता हुित्तयो, कहिले उता हुित्तयो । एकपल्ट त गाडिसँगै हुत्तिँदा टाउको झन्डै फुटेथ्यो । बसको क्षमताभन्दा पनि बढी मानिस राख्दा न चढ्नेले विरोध गर्छ ,न सरकारले केही भन्छ । जसले जे गर्दा पनि हुने भयो । सबैमा ‘म’ को भावना मात्र आयो, ‘हामी’ को भावना कहिले आउने होला ? त्यसैले हामीले गाडी कुर्नु राम्रो होला जस्तो लाग्दैन । बिस्तारै­बिस्तारै हिँडेर जानु नै बेस होला । थकाई लाग्यो भने कतै बसेर चिया खाऊँला !’

‘हुन त हो ! बसेर पनि भरे हुने कुराको के भरोसा ।’
दुवै बूढाबूढीको गुनासो सुनेँ । मेरो थकाई कता भाग्यो कता । हो नि त, मैले पनि माइक्रोबस चढ्दा नमीठा कुराहरूलाई पनि टुलुटुलु हेर्नु परेको थियो । बीच बाटोबाट यात्रुहरू बसभित्र हाल्दा सिट छ भनेर हाल्थे तर सिट नदेखेपछि यात्रुहरूले खोइ त सिट भनेर सोध्दा अलि पर पुगेपछि खाली भइहाल्छ नि भत्रे जवाफ पाउँथे । उनीहरूले भाग्यले कहिले सिट पाउँथे त कहिले पाउँदैनथे । झुट कुराले आफूलाई किच्दा पनि सहन बाध्य थिए यात्रुहरू ।

बल्ल बल्ल म पनि ती बूढाबूढीकै सारमा थापाथलीको पुलको पुछारमा पुगेँ । कतै गाडी पाइहालिन्छ कि भत्रे आशा मनको कुनाबाट झरेको थिएन । पुलमाथि त पूरै गाडीहरूको जाम रहेछ । झन् मानिसहरको बिजोक त त्यहाँ पो रहेछ । दिक्क लाग्यो । मानिसहरूको मलिन अनुहारहरू सडकभरि पछारिएका रहेछन् । सानो बच्चा बोकेर एउटी स्वास्नीमानिस बसिरहेकी थिइन् । बच्चा गर्मीले होला रोइरहेको थियो । त्यहाँ बाटो खुल्ने कुनै सम्भावना नै थिएन । उनीहरूको मलाई एकदम माया लाग्यो तर मैले के नै पो गर्न सक्थेँ र ! म लाचार भएर त्यहाँबाट हिँडेँ । रोइरहेको बच्चाको आवाजले मलाई धेरै परसम्म पनि पछ्याइरहेको थियो ।

वागमतीको गन्धले रिँगटा लाग्ला–लाग्ला जस्तो हुनथाल्यो । आफ्नी आमासँग कुरा गरिरहेको पाँच वर्षको बालक थियो । त्यो बालकको कुरा गराइबाट उनीहरू थापाथली अस्पतालबाट फर्केका भत्रे कुरा बुझिन्थ्यो । ऊभन्दा पनि ठूलो झोला बोक्दा उसलाई निकै सकस परेको थियो । उसकी आमाले अर्को ऊभन्दा अलि सानो बालक र एउटा ब्याग बोकेकी थिइन् । घाम, हावा र धूलोबाट सानो बालकलाई जोगाउन आमाले आफ्नो कुर्ताको सलले बालकको अनुहार छोपिदिएकी थिइन् । खै के नमिलेर होला बालकको रूवाइ पीडाजन्य सुनिन्थ्यो । गाडी नचलेकोले उनीहरूले पनि नराम्ररी दुःख पाएका थिए ।

पुल काटिसक्न लाग्दा मानिसहरूको भीड बाक्लो भयो । अब त हिँड्न पनि नसकिएला कि जस्तो हुनथाल्यो । त्यस्तो भीडमा विचरा केही मानिसहरू साइकल डो¥याइरहेका थिए । साइकलले गर्दा उनीहरूलाई हिँड्न निकै मुस्किल परिरहेको थियो । मानिसहरूको भीड देखेर बन्द गर्नेहरूको सङ्ख्या निकै हो कि जस्तो लाग्थ्यो । त्यहाँभन्दा अगाडि के भइरहेछ भत्रे कुरा त्यहाँबाट के देख्न सकिन्थ्यो र ? भीडले पनि अगाडि भइरहेको कुरालाई केही वास्तै गरेको थिएन । मानिसहरूले त्यो भीडलाई छिचोलेर जान पाए हुन्थ्यो जस्तो गरिरहेका थिए । बच्चा बोक्ने स्वास्नीमानिसहरूको अवस्था भीडमा कारूणिक देखिन्थ्यो ।

भीडबाट अवाज आयो, ‘बिहान मात्रै बन्द हुन्छ भत्रे कुरा थाहा पाएको भए बच्चा बोकेर आउने नै थिइनँ । बन्द हुने कुरा पहिले नै थाहा पाएको भए केही न केही गरिहालिन्थ्यो नि ! बसले बीच बाटोमा ल्याएर यात्रुहरूलाई अलपत्र पारेपछि कसको के लाग्दो रहेछ र ? यता जाने कि उता ? हामीहरूको पीडालाई कसले बुझ्छ र खोई ?’

‘भाग्यमानीहरू हुन् नेताहरू ! यस्तो कष्ट हुँदा पनि सबै सहेर चुपचाप हिँडिदिने जनताहरू पाएका छन् । अहिले नेता र उनीहरूका छोराछोरीलाई हिँड्नु परेको भए पो थाहा हुन्थ्यो कष्ट के हो भत्रे कुरा ? उनीहरूलाई पनि यो दुःखमा ल्याउनुपर्ने ।’

बल्लबल्ल भीडले पुल पार ग-यो । पुलनजिकै बन्द गर्नेहरूले नारा लगाइरहेका थिए । नारा लगाउनेहरू सङ्ख्या त्यति धेरै थिएन । उनीहरूभन्दा पुलिसहरूको सङ्ख्या बढी देखिन्थ्यो । लाजमर्दो कुरा त्यति सानो समूहले गरेको बन्दलाई कसैले केही गर्न सकिरहेका थिएनन् । हो, नराम्रो कुराको विरोध गर्नुपर्छ तर विरोध गर्ने तरिकामा पनि त सुधार ल्याउनुपर्छ नि भत्रे कुरामा मानिसहरू आ­आफ्ना धारणाहरू व्यक्त गरिरहेका थिए ।
बन्द गर्ने केही मानिसहरू सडकमा पलेटी कसेर बसेका थिए । तिनीहरूलाई नियालिरहेका केही मानिसहरू कुरा गरिरहेका थिए– बन्दको कार्यव्रmममा सहभागिता जनाएअनुसार उनीहरूले पैसा र खानासमेत पाउँछन् अरे । बन्द पनि अहिलेको समयमा एउटा पेसाजस्तै भएको रहेछ । सुन्दा पनि कति नरमाइलो । मानिसले मानिसलाई दुःख हुने काम गरेर किन रमाइरहेछन् मानिसहरू ?!
त्यहाँ रमिता हेरेर बस्नेहरूको सङ्ख्या कमै थियो । बन्दको बारेमा किन बन्द भयो, कसले बन्द ग-यो भत्रे कुरामा मानिसहरू त्यति विज्ञ थिएनन् । लाग्थ्यो, उनीहरूलाई खासै चासो पनि थिएन ।

दायाँ–बायाँ सडकका किनार र सडकका बीचबाट पनि मानिसहरू हिँडिरहेका थिए । बालकहरूदेखि बूढाबूढीहरूसम्म एकनासले हिँडिरहेका थिए । त्यही हुलमा विदेशीहरू पनि मिसिएका थिए ।
कुपन्डोल पार गरेपछि एउटा टेम्पो देखाप-यो । मानिसहरूले एक सासमा त्यस टेम्पोलाई छोपिहाले । बच्चा बोकेका आइमाईहरू र बूढाबूढीहरू जिल्ल परेर त्यो टेम्पोलाई हेरेकोहे-यै भए । अघि आफूले भेटेका बूढामान्छेको याद आयो मलाई । तिनले आफ्नी पत्नीलाई भनेको कुरा पनि याद आयो । यहाँ शक्ति हुनेहरूले मात्र ठाउँ पाउँदा रहेछन् । आपत् परेको बेलामा मद्दत पाउनुपर्ने मानिसहरूले झन् दुःख पाउने रहेछन् । यस किसिमको वातावरणमा उनीहरूको बारेमा कसले पो सोच्ने होला र खोई ?
आवाजविनाको पीडाको आवाजमा म मात्रै होइन, एउटा सिङ्गै परिवेश डुबिरहेको थियो । अचानक बन्द हुनपुगेको, समयले निम्त्याएको क्षणमा मानिसहरूले अनायासै भोगिरहका थिए पीडा । सडक कहाल्लिएर रोइरहेको थियो, उनीहरू र मजस्तै ।