Uncategorized
पवित्रा ढकाल स्मृति कोष’ले प्रत्येक वर्ष प्रदान गर्ने प्रतीक ढकाल नियात्रा सौरभ वर्ष २०८१ मा नेपाली नियात्रा साहित्यको विकासमा निरन्तर समर्पित स्रष्टा घनश्याम राजकर्णिकारलाई समर्पण गर्ने निर्णय गरेको छ। यो कुरा ’शब्दपथ’लाई आज बिहान कोषबाट प्राप्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।
रुपैयाँ ५१००० (एकाउन्न हजार) नगद सहितको प्रतीक ढकाल नियात्रा सौरभ प्रत्येक वर्ष श्रीपन्चमीका दिन नाम घोषणा गरी अर्को वर्षको जेठ १३ गतेका दिन समर्पण गर्ने गरिन्छ ।
यसअघि उक्त नियात्रा सौरभ डा. तारानाथ शर्मा, शताब्दी वाङ्ग्मय पुरुष सत्यमोहन जोशी, देवीचन्द्र श्रेष्ठ, भुवनहरि सिग्देल, गीता खत्रीलाई समर्पण गरिसकिएको छ ।
