• २०८१ फागुन ६ मङ्गलबार

कलाश्री सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

काठमाडौं ।

साहित्यिक वृत्तमा विगत डेढ दशकबढी समयदेखि सक्रिय संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विभिन्न सर्जकहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।
पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध कलाकार किरण मानन्धरले आख्यानकार भागीरथी श्रेष्ठलाई नगदराशि एक लाख सहित ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८०’ प्रदान गरिएको थियो ।