• २०८१ बैशाख २९ शनिवार

अभिनव साहित्य समाजद्वारा हेमन्त कवि गोष्ठी सम्पन्न

२०८० पौष ।

अभिनव साहित्य समाजद्वारा २६३ औं मासिक शृङ्खला अन्तर्गत हेमन्त कवि गोष्ठी सम्पन्न गरिएको छ । प्राध्यापक गोपाल प्रसाद भण्डारीको प्रमुख आतिथ्य, विमल अर्यालको सभापतित्व, शारदा पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र कविता वाचन, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र कविता वाचन, संस्थाका सचिव श्री परशुराम पराजुली पराशरज्यूले समिक्षा र कविता वाचन, सुमन पुडासैनीज्यूको सम्पूर्ण व्यवस्थापनमा कार्यक्रमको शुभारम्भ भएको थियो ।

भव्य रुपमा सम्पन्न भएको सो कवि गोष्ठीमा प्रमुख अतिथिज्यूले “मोतिराम भट्टले शुरु गर्नुभएकोे मोति मण्डलीदेखि आजसम्म पनि देश तथा विदेशहरूमा यस्ता कार्यक्रमहरुको सञ्चालनले राष्ट्रिय भाषा, वाङ्मय तथा साहित्यको विकास र एकतामा बल पुरयाइरहेको छ” भन्ने कुरा राख्दै कवितासमेत वाचन गर्नुभएको थियो ।

वाचित रचनाहरुमध्ये ठाकुर प्रसाद खतिवडा, सुरेशचन्द्र घिमिरे र कविराज घिमिरेको रचनाहरूलाई विशेष सम्मान गरिएको थियो । कवि गोष्ठीमा भाग लिने अन्य कविहरूमा बद्रीप्रसाद सुवेदी, बुद्धि सागर पौडेल, मधुसूदनप्रसाद घिमिरे, सुशील आचार्य, ऋचा, भवानी अर्याल, सरिता दुलाल घिमिरे, दिवाकर चालिसे, दिलिप अर्याल, रामचन्द्र दाहाल, तृष्णा श्रेष्ठ, निर्मलरमण पराजुली, भारद्वाज मित्र, नारायण नेपाल मिश्रण, दुर्गा अधिकारी, नारायण कुमार आचार्य, भावना न्यौपाने, गोविन्द संगत महर्जन, रत्ननिधि रेग्मी शुक्राचार्य, शान्ती रिसाल, विनोद दाहाल वत्स, अच्युत पौडेल चिन्तन, निर्मला भट्टाराईलगायतको उपस्थिति रहेको थियो ।