• २०८१ फागुन ६ मङ्गलबार

पोषण पाण्डे तीसऔंँ स्मृतिदिवस कार्यक्रम सम्पन्न

‘वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृतिदिवस कार्यक्रम’ बैशाख ७ गते वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट साहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको थियो । मन्तव्यको क्रममा बोल्दै साहित्यकार युवराज मैनाली तथा प्रा. डा ज्ञानु पाण्डेले पोषण पाण्डेको साहित्यिक व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

उक्त समारोहमा सडकमा बेवारिस अवस्थामा रहेका मानवहरूको उद्धार उपचार तथा सेवागर्दै आएको भक्तपुरस्थित संस्था मानव कल्याण समाजलाई कदर गर्दै संस्थाको अध्यक्ष सुमित्रा चौलागाईंलाई दोसल्ला ओढाई प्रमाण–पत्र तथा नगद प्रदान गरिएको थियो ।

जीवन र साहित्यबीचको सम्झौता बिन्दुलाई अत्यन्त सहजसँग प्रयोग गर्ने व्यक्तित्व बताउँदै साहित्यकार पोषण पाण्डेको कविता र कथा व्यक्तित्वबारेमा कार्यक्रमको प्रमुख अतिथि प्रा. डा.अभि सुवेदीले आफ्नो मन्तव्य राखेका थिए।

पोषण पाण्डे–तीर्थ सदनका महासचिव रन्जु पाण्डेले सञ्चालन गरेको उक्त समारोह यसै सदनका अध्यक्ष वरिष्ठ साहित्यकार विजय चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो ।