• २०८१ फागुन १ बिहीबार

सजल न्यौपानेको ‘नरो ए कर्णाली’ सार्वजनिक

काठमाडौं ।

कवि देवव्रतको शब्दमा नयाँ गीत ‘नरो ए कर्णाली’ सार्वजनिक भएको छ ।मंगलबार गायक तथा संगीतकार सजल न्यौपानेको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले कर्णालीको दुस्ख र सम्भावनाको कथा भन्छ । गीतमा गायक सजलले नै संगीत र स्वर दिएका छन् ।

गीतको भिडियोमा कपिल अन्जानले बटुलेका सुन्दर मोन्टाजहरू प्रयोग गरिएको छ । भिडियोको सम्पादन तथा कलरिङ सलिल न्यौपानेले गरेका छन् ।