• २०८१ चैत ३ सोमबार

आशा लिम्बूको उपन्यास ‘अकल्पित मोडहरू’ बजारमा

लण्डन ।

धरान निवासी कवि तथा उपन्यासकार आशा लिम्बूको उपन्यास ‘अकल्पित मोडहरू’ भर्खरै बजारमा आएको छ । धरानको परिवेशमा लेखिएको यस यथार्थवादी उपन्यासमा मानिसका जीवनमा आउने विभिन्न अकल्पित मोडहरूको सम्भावना र यथार्थलाई सङ्केत गरेको छ । मानिसको जीवनमा कल्पना नै गर्न नकिने विभिन्न मोडहरू आइरहेका हुन्छन् भन्ने दृष्टान्त यस उपन्यासमा पाइन्छ ।

मिठो भाषा र शैलीमा लेखिएको यस उपन्यासमा प्रेम र विछोडको मार्मिक कथा छ । एउटा प्रेमिल संसारमा हुने यथार्थ र द्वन्द्वपूर्ण परिवेशको जीवन्त प्रस्तुति गर्न अकल्पित मोडहरू उपन्यास सफल भएको छ । वि. सं. २०३५ सालदेखि साहित्य लेखनमा सक्रिय स्रष्टा आशा लिम्बूको यस अघि ‘आशाका रङहरू’ कवितासङ्ग्रह र ‘मुक्त आशा’ मुक्तकसङ्ग्रह प्रकाशित भएका छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित ‘अकल्पित मोडहरू’ नेपालभर बजारमा उपलब्ध छ ।