कविता

यी सन्कीहरूलाई
सत्य केहो नै थाहा छैन
आफ्ना बाचा पूरा गर्दैनन् कुनै पनि मिथ्या बोल्न पछि पर्दैनन्
उनीहरूको मनमा राष्ट्रप्रति सम्मान नै छैन
तिनीहरूको दिमागमा फोहोर भरिएको छ
जनतामाथि अत्याचार गर्नका लागि
सेना सधैँ तयार छ
जसले उनीहरूको चाप्लुसी गर्छ
उनीहरूलाई उक्साउँछ
आफ्नो तलवारमा धार लागाइराख्न
ठगहरूका लागि यो ठाउँ स्वर्ग हो
गुण्डाहरूका राजा ‘बो ने विन’ को सेना
सधैँ गोली चलाउन र धोखा दिन तम्तयार छ
जनता कङ्गाल भइसके
बदमास राक्षस बनिसके
सबैभन्दा बढी महत्त्व कसैले राख्छ भने
त्यो हो-हतियार
हतियार नै सर्वोपरि छ
हतियार नै सर्वोच्च शासक हो
र त्यो हतियार हो-सैन्यवाद !
अनुवाद: राजेन्द्र शलभ