असम, भारत २०८० पुस ५ ।
डिगबोइमा बसेर नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रकम काम गरिरहेका युद्धवीर राणालाई सन् २०२३ को साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ । उक्त पुरस्कार राणाको ‘नेपाली लोक साहित्य र लोक संस्कृतिको परिचय’ कृतिका लागि प्रदान गरिन लागिएको हो ।
राणाका सन् १९८२ मा ‘चिहान नपाएका तक्माहरू (लामो कविता) प्रकाशित भएको थियो । यसका अतिरिक्त ‘मानव यात्रा (२००३), ‘नेपाली संस्कृति स् हाम्रो अस्तित्व’ (२००६), ‘सृष्टि र प्रवर्जन’ (२०१७), ‘नेपाली लोकसाहित्य र लोकसंस्कृतिको परिचय’ (२०२०) लगायतका कृति प्रकाशित रहेका छन् । हरिभक्त कटुवालको ‘यो देशको माटोले भन्छ’ लगायतका गीतहरूमा समेत राणाले स्वर दिएका छन् ।
‘हरिभक्त कटुवालभन्दा चारवर्ष कान्छा राणाको साहित्य यात्रा कटुवालकै प्रभावमा भएको हो ।’ इन्द्रेणी प्रकाशन असमका बोडअफ रेक्टर रुद्र बरालले भने । ‘यस्ता एक प्रवीण साहित्यकार अकादमी पुरस्कारले सम्मानित भएकोमा हामी अत्यन्त हर्षित भका छौँ’ बरालले बताए ।
भारतीय नेपाली राणालाई साहित्यकार, शिल्पकार बहुमुखी प्रतिभाका धनीका रुपमा चर्चा गरिन्छ । उहाँमा भएको सोझोपन तथा फरासिलो व्यवहारबाट जो कोही पनि प्रभावित हुन्छ । उहाँको शिल्पकलायात्रा डिगवोईमा सन् १९५६ मा माटोको हात्ती बनाई प्रथम पुरस्कार प्राप्त गरेपछि शुरु भएको हो । सन् १९६६ मा भएको काष्ठकला प्रतियोगितामा पनिअसम राज्यभरिमा प्रथम पुरस्कार प्राप्त गरेका थिए ।
सिक्किम नेपाली साहित्य परिषदबाट २००५ मा कृष्ण स्मृत्ति पुरस्कार पचास हजार रुपैयाँ र मानपत्र र सम्मान प्राप्त गरेका थिए । उनका गीत एल्वमहरुमा गीत रेकर्ड भएका छन् ।