वसन्तवेला

उनीहरू आफैँले युद्धको आह्वान गरेका थिए ।
हातहतियारले सु-सज्जित भएर रणभूमिमा कस्सिएर डटे पनि ।
पानीका साना छिर्काहरू तप्किन थाल्यो । त्यही तप्कानमा झलक्क आफ्ना अनुहार हेरे ।
अनुहारभित्र खैस् के देखे कुन्नि १ कुरूपता देखे कि, भय ? भविष्य देखे कि, प्रलोभन ?
कात्यायन
चाबहिल, काठमाडौं -७