तिमी उत्तम रत्न युगयुगका साहित्यका सागर
तिमी एक महान चिन्तन कवि स्रष्टा स्वयं आखिर ।
भाषाका नवशिल्प साधक कवि हे देवकोटा तिमी
मिठा काव्य दियौं रच्यौ युग नयाँ उम्दा भयो लेखनी ।।
घुम्छु फन्फनी काव्यको रस पिई शब्दार्थको अर्थमा
देख्छु झल्झली रूप प्रिय कविको मायाविनी सर्सीमा ।
साराका मधुकण्ठमा बसिसक्यो मुना- मदनका स्वर
लाग्छन् प्रिय चरित्र कोमल सधैं दुश्यन्त शाकुन्तल ।।
तिम्रा जीवनकालमा कति पीडा भोग्यौ कति दुर्दिन
मेधावी तिमी हौ कवि विभूति हौ साहित्य भो जीवन ।
सारा मानवलाई काव्यसरको स्वच्छन्द धारा दियौं
लेख्यौं गद्य र पद्य सार महिमा काव्यदीमा श्रेष्ठ छौ ।।
तिम्रा गीत निबन्धशास्त्र महिमा गाएर को सक्छ र
तिम्रा काव्य कुसुमको पियुष त्यो पिएर काँ पुग्छ र ?
हे महाकवि छौ अजम्बरी तिमी यो लोकमा दिन्दिन
श्रद्धा भाव सधैं समर्पित गरि सम्मान अर्पन्छु म ।।
ऋषभदेव घिमिरे
[email protected]