समाचार
काठमाडौंँ ।
पन्त स्मृति प्रतिष्ठानले यस वर्षको ‘रामराज पन्त स्मृति सम्मान पुरस्कार’ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजाललाई प्रदान गरेको छ । यो सम्मान रिजालको ‘शकुन्तला’ उपन्यासका निम्ति प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । शुक्रबार (वैशाख २५) काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिष्ठानले यस वर्षको समालोचना विधाको ‘टीका–मुकुन्द पन्त स्मृति सम्मान पुरस्कार’ नेपाल सरकारका पूर्वसचिव एवं साहित्यकार गोपी मैनालीलाई प्रदान गरयो । मैनाली एक दर्जनजति कृतिका सर्जक हुन् ।
प्रतिष्ठानले ‘सुशीला पन्त स्मृति बालसाहित्य सम्मान पुरस्कार’ बाल साहित्यकार कार्तिकेय घिमिरेलाई प्रदान गरेकोे छ ।यस्तै, हास्यव्यंग्य विधाको ‘गोपालराज पन्त स्मृति सम्मान पुरस्कार’ कलाकार मनोज गजुरेललाई प्रदान गरियो ।
प्रतिष्ठानले ‘सदिच्छा बालप्रतिभा पुरस्कार’ सुमना थापा, ‘सीताश्री स्मृति पुरस्कार’ कलाकार रसिक राई, ‘इन्दिरा–बन्धु पन्त स्मृति सम्मान पुरस्कार’ ‘हाम्रो पुरुसार्थ’ त्रैमासिक पत्रिका गुल्मीका सम्पादक शशी पन्थी, ‘इन्दिरा पन्त स्मृति सम्मान प्रतिभा पुरस्कार’ समीक्षा घिमिरेलाई प्रदान गरेको छ । कार्यक्रममा रोचक घिमिरे, प्रा. डा. वीणा पौड्याल, रामप्रसाद पन्त, ठाकुर शर्मा भण्डारी र माणिकरत्न शाक्यलाई अभिनन्दन गरिएको थियो ।
