• २०८१ माघ २७ आइतबार

रीता शाही ऋतुको गजलसंग्रह ‘चिनारी’ सार्वजनिक

काठमाडौं ।

साहित्यकार एवम् कांग्रेस नेतृ रीता शाही (ऋतु)को दोस्रो गजल संग्रह ‘चिनारी’ विमोचन गरिएको छ । राजधानी काठमाडौं स्थित होटल अर्यालमा विपी यूथ स्टडीको औपचारिक कार्यक्रमकाबीच कांग्रेसका वरिष्ठ नेता एवम् सांसद डा. शेखर कोइरालाले विमोचन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बुढिनन्दा नगरपालिकामा जन्मिएकी शाहीको दोस्रो कृति चिनारीको समिक्षा वरिष्ठ आख्यानकार ममता अब्दुलले गरेकी थिइन् । अब्दुलले शाहीको साहित्त्य कोशेली चिनारीले समाजको यथार्त चित्रण गरेको बताइन् । उनले भनिन्, ‘साहित्यकार रिता शाही (ऋतु)को गजल संग्रह चिनारीमा समाजको यथार्त चित्र छ । यस कृतीमा माया प्रेमका कुरा मात्रै नभएर राजनीतिक र देशको परिवेश समेटिएको छ । उनले शाहीले दोस्रो कृतिपछि अरु कृतिहरुको समेत जन्म हुने विश्वास व्यक्त गरिन् ।