• २०८१ फागुन ७ बुधबार

महलवासी

डिल्लीराम शर्मा संग्रौला

डिल्लीराम शर्मा संग्रौला

महलको छतबाट उनी
तल जमिनमा बस्नेलाई हेर्छन्
जमिनमै बसेर खानेलाई हेर्छन्
जमिनमै सुत्नेलाई हेर्छन…
र उनीहरुलाई हेरेर मुसुक्क हाँस्छन्
अनि गौरव महसुस गर्छन्
आफ्नो ठुलो महल भएकोमा
उनी कहिल्यै महसुस गर्दैनन्-
उनको महल निर्माणमा
प्रयोग भएका सबै सामानका निर्माता
यीनै जमिनलाई अंगाल्नेहरूले बनाएका हुन् भनेर ।

“तिमी महलको छतबाट
मुसुक्क नहाँस
जमिनमा बसेर खानेलाई हेरेर
गौरव महसूस नगर
जमिनमै सुत्नेलाई हेरेर
बरू उनीहरुलाई माया गर
सक्छौ भने पुजा गर
किनभने तिमी प्रत्येक सिढीमा टेक्दै
जति माथि उक्लिँदै जान्छौ
तिनै जमिनमा सुत्नेहरू माथि
तिमी टेक्दै उक्लिरहेका हुन्छौ
अनि तिमी फुस्रो घमण्ड पनि नगर
जमिनमा सुतेकालाई हेरेर
तिमी पनि एकदिन
जमिन्मै सुत्ने छौ
कहिल्यै नउठने गरी
त्यतिबेला तिमीलाई हेरेर
तिम्रो महल हाँसी रहेको हुनेछ ।”


डिल्लीराम शर्मा संग्रौला