• २०८२ आश्विन ७, मंगलवार

आमाको श्राप

डिल्लीराम शर्मा संग्रौला

डिल्लीराम शर्मा संग्रौला

आज सुनिरहेछु आमाको करूण चित्कार
“सन्तान नै नालायक भएपछि मेरो के लाग्छ
सन्तान जन्माउदा फुलेको छाति आज मुर्जाएको छ”
सुनेर आमाका कुरा मन भत्कानिन्छ मेरो
पराइले आमाको अस्मितामा दाग लाउन खोज्दैछ
मेरै दाई(दिदी भन्छन् – “तेसैमा हाम्रो समृद्धि छ”

ठूला भुडी गरेका मेरा दाजु(दिदीहरु
जति नै खाए पनि अघाउदैनन्, अरु खान रुचाउँछन् बरु
थाहै नदिई आमाका गर(गहनाहरु बेचेर खाइसकेछन्
छिमेकीले दिएको सहयोगपनि पचाई सकेछन्
केबल हात थाप्न जान्दछन्, समृद्धिको योजनामा शून्य छन्
हामी कसैको सुझाव सुन्दैनन्, हामीलाई भेडासरह ठान्दछन्
खानमा बानी परेका मेरा दाजु(दिदीहरु
हुँदाहुँदै अब त आमाको अस्मितालाई डलरमा बेच्दैछन् ।

सायद हिजोसम्म त हामी पनि सुतेका रहेछौं
या त ठूलाबडालाई मान्ने संस्कारबाट बाँधिएका रहेछौं
या त स्वार्थवशमा परेर मौन व्रतमा बसेका रहेछौं
जे जे गर भन्थे त्येही त्येही गर्थ्यौं
जता कुद भन्थेँ त्यतै कुदथिउँ
तर आज हामी बिउँझेका छौं, दाजु(दिदीलाई चिनेका छौँ
आमाको अस्मितामा दाग लाउने दाजु(दिदीलाई
अब हामी घरका सदस्यले चुनौती दिनै पर्छ
आमाको अस्मितामालाइ हामीले बचाउनै पर्छ
नत्र हामी सबैमा आमाको श्राप लाग्छ ।


डिल्लीराम शर्मा संग्रौला (9841826656)
[email protected]