• २०८१ माघ २७ आइतबार

‘सपनाको समाधि’माथि परिचर्चा सम्पन्न

काठमाडौं ।

कवि शान्ति शर्माको कविताकृति ‘सपनाको समाधि’ माथि परिचर्चा गरिएको छ । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा कवि दिनेश अधिकारीले आफूले शान्ति शर्माका कविता पढ्ने गरेको बताउँदै उनलाई निरन्तर साधनारत रहन हौसला दिए ।

कवि विश्वविमोहन श्रेष्ठले शर्मालाई ‘धेरै पढ्नुस् र थोरै लेख्नुस्’ भन्दै कविता लेखनमा सक्रिय रहन आग्रह गरे । कलाकार मदनकृष्ण श्रेष्ठले आफूले कविता र गीत लेख्दाको समय स्मरण गरे ।

शर्माको कृतिमाथि महेश पौड्याल र रामप्रसाद ज्ञवालीले विशेष टिप्पणी  गरे । महेशविक्रम शाह, डा. नवराज लम्साल, प्रह्लाद पोखरेल, प्रा. जगत्प्रसाद उपाध्याय, जीवा लामिछाने, डा. भीमार्जुन आचार्य, विप्लव प्रतीक, लक्ष्मण गाम्नागे, प्रा. डा. सनतकुमार वस्ती, हेमनाथ पौडेल, घनेन्द्र ओझा, तुलसीहरि कोइराला, राजकुमार बानियाँ, शान्ति शर्मा, अनुप आचार्यलगायत साहित्यकारले बोलेका थिए ।