समाचार

वासु शशी स्मृति परिषद्ले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा आयोजना गरेको संस्थाको साधारणसभामा संस्थाका निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कृष्ण जोशीको सम्झनामा ‘कृष्ण–सरस्वती साहित्य पुरस्कर’को स्थापना गरेको छ । पाँच लाखको अक्षयकोष राखिएको यस पुरस्कर व्यवस्थापन समितिको संयोजकमा साहित्यकार राधेश्याम लेकाली, सचिवमा कवि प्रद्युम्न जोशी र सदस्यमा सुमन घिमिरे ‘वर्षा’ रहनुभएको छ ।
यसैगरी समितिको संरक्षकमा श्रीमती सरस्वती जोशी र सहसंरक्षमा कवि सुन्दर जोशी (अमेरिका) रहनु भएको छ ।
नगद पचिस हजार र सम्मानपत्र रहने ‘कृष्ण–सरस्वती साहित्य पुरस्कर’ प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिने जनाइएको छ । संस्थाका अध्यक्ष वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सचिव प्रद्युम्न जोशीले सचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरू हिरण्यकुमारी पाठक, श्याम प्रधान, राधेश्याम लेकाली,जयदेव भट्टराई, ध्रुब मधिकर्मी, ठाकुर वेलबासे, यादव भट्टराईलगायतको उपस्थिति थियो ।