समाचार
काठमाडौं ।
चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी पुरस्कार प्राप्त गरेर गरेको छ । अविनाशविक्रम शाहको डेब्यु फिचर निर्देशित उक्त चलचित्रले ‘अन सर्टेन रेगार्ड’ विधाअन्तर्गत छनोट हुने यो पहिलो हो। साथैं, पहिलो नेपाली फिचर चलचित्र पनि बनेको छ ।
तराई परिवेशमा केन्द्रीत रहेर बनेको चलचित्र ट्रान्सजेन्डर महिलाहरूको जीवनलाई केन्द्रमा राखेको छ। मे १३ देखी सुरु भएको उक्त फेस्टिभलमा कान्समा पुरस्कार ग्रहण गर्दै निर्देशक शाहले सीमान्तकृत समुदायको कथा विश्वमाझ पुर्याउन पाएकोमा खुशी व्यक्त गरे ।
यसमा पुष्पा थिङ, गौरी मल्ल, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, माओत्से गुरूङ, महिमा नवबाग, आकांक्षा कार्की र सञ्जय गुप्ता दुराको अभिनय रहेको छ। चलचित्रमा नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनाइएको हो । शाहको छोटो फिल्म ‘लोरी’ले कान्सको ७५ औं संस्करणमा विशेष सम्मान प्राप्त गरेको थियो। १२ दिन सम्म चल्ने कान्स फेस्टिभल आइतबार सकेको छ ।
