काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागका ’लेक्चरर’ एवं थाई नेपाल चेम्बर अफ कमर्सका संस्थापक रमेश श्रेष्ठको पुस्तक ‘अ नेपालीज अमेरिकन ओडिसी’ सार्वजनिक भएको छ ।
हालको संयुक्त राज्य अमेरिका, अमेरिका मात्रै रहेका बेला सन् १९७४ मा मिशिगन स्टेट युनिभर्सिटीमा फुलब्राइट स्कोलारका रुपमा दुई वर्ष बिताएका थिए । त्यसपछि नेपालमा शान्ति सेना स्वयंसेवकका रुपमा पनि उनले काम गरेका थिए ।
सन् १९८० मा थाइल्यान्ड पुगेका श्रेष्ठले आफ्नो जीवनका विशेष सम्झनाहरुलाई संस्मरणका रुपमा ‘अ नेपालीज अमेरिकन ओडिसी’मा प्रस्तुत गरेका छन् । हिमाल हबले प्रकाशित गरेको उनको संस्मरण पुस्तक हाल बजारमा उपलब्ध भइसकेको छ ।