English Poem

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले वि सं २०७६, २०७७ तथा २०७८, तीन वर्षको एक्कै पटक छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा गरिएको छ ।
गुठीका सचिव दिनेश अधिकारीका अनुसार २०७८ सालको गीत रचनातर्फ वसन्त चौधरीलाई छिन्नलता गीत पुरस्कार प्रदान गरिनेछ ।
२०७९ साल असार २६ गते विशेष समारोहका बीच आयोजना गरिने कार्यक्रममा उपरोक्त सम्मान तथा पुरस्कार अर्पणका साथै वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई विशेष सम्मान पनि गरिनेछ ।