• २०८१ बैशाख १६ आइतबार

२५औँ सिम्पल सम्मान २०७९ अर्पण सम्पन्न

सिम्पल आट्र्सले आफ्नो रजत महोत्सवको अवसर पारेर फागुन ७ गते विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका पाँच प्रतिभालाई ‘सिम्पल सम्मान २०७९, अर्पण गरेको छ । सभापति, प्रमुख अतिथि, अतिथि मन्च बिनानै आयोजना गरिएको सो कार्यक्रममा कलाकार प्रज्ञा जोशीलाई साहित्यकारहरू विष्णु ओली, सन्तोष पोखरेल, प्रिन्सिपल ज्ञानेन्द्र भट्टराईले खादा, रुद्राक्षको माला र सास लगाइ दिएर र साहित्यकार दिवाकर विक्रमशाहले सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नुभयो । यसरी नै साहित्यकार ललिता दोषीलाई साहित्यकारहरू राजेशमान केसी, उर्मिला पन्त पाण्डेय, राजबाबु श्रेष्ठ सागर, गङ्गा कर्माचार्य पौडेलले सम्मानित गर्नुभयो । पत्रकार केशव पाठकलाई उपन्यासकार शङ्कर भारती, साहित्यकार ढुण्डीराज पोखरेल, शिक्षिका रजनी बस्नेत र साहित्यकार तिलकप्रसाद लुइँटेलले सम्मान अर्पण गर्नुभयो । गायिका स्वेता उप्रेतीलाई सङ्गीतकार तथा निर्देशक केशव सान्दाइ, कलाकार तथा साहित्यकारहरू विक्रममान श्रेष्ठ, माधवलाल श्रेष्ठ र का.म.न.पा. वडा ३१ का अध्यक्ष सरोज ढकालले सम्मान अर्पण गर्नु भएको थियो र शिक्षासेवी शेषमणि भट्टराईलाई साहित्यकारहरू कलाधर काफ्ले, विष्णुबहादुर सिंह, मधुसूदन घिमिरे र वेदमणि घिमिरेले सम्मानपत्र प्रदान गर्नुभएको थियो । संस्थाका अध्यक्ष गायक पुष्कर जङ्गमले सम्मानित सबैलाई टिका लगाइदिनु भएको थियो । शिक्षासेवी भट्टराईलाई वहाँका विद्यार्थीहरू सरोज ढकाल, रोशन गिरी, कृष्ण खड्का , कुमार चिमोरिया, श्रीधर रेग्मी, सपना शिवाकोटी लगायतले खादा लगाइ दिई सम्मानित गर्नुभएको थियो ।

पुर्व अध्यक्ष विमल कोइरालाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अध्यक्ष पुष्कर जङ्गमले स्वागत र संस्थापक कोषाध्यक्ष कल्पना सिवाकोटीले संस्था गतिविधिबारे जानकारी गराउनु भएको थियो । रजत उत्सवको अवसरमा केक काटिएको थियो भने राजनीतिज्ञ तथा कवि रविन्द्र मिश्र, साहित्यकारहरू डा. मधुसूदन लामिछाने, दुर्गा अधिकारी भमरकोटे, रामकुमार पण्डित क्षेत्री र रन्जु दाहालले रचनावाचन गर्नुभएको थियो । उपस्थितिहरू मध्ये एक जनालाई गोलाप्रथा मार्फत दिइने पुरस्कार प्रभा श्रेष्ठले प्राप्त गर्नुभएको सो कार्यक्रममा छ दर्जन व्यक्तित्वको उपस्थिति रहेको थियो ।

२०५५ साल फागुन ७ गते विमल कोइराला, केशव सान्दाइ र निबन्ध आचार्यले पहिलो सिम्पल सम्मान कार्यक्रम आयोजना गरेर सिम्पल आट्र्स नामक संस्था स्थापना गर्नुभएको थियो ।