• २०८१ माघ २७ आइतबार

अनेसास नवरत्न सम्मानको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न सम्मानका लागि नाम सिफारिस गर्न गठित समितिको सिफारिसमा नवरत्न सम्मानका लागि ९ जना प्रतिभाको घोषणा गरेको छ ।

अनेसासले प्रकाशित बिज्ञप्ति अनुसार साहित्य तर्फ अनु शाह(अमेरिका), आचार्य प्रभा(अमेरिका), ज्योति राई(अमेरिका), माया गुरुङ (वेलायत), शान्ता घिमिरे (अमेरिका), रितादेवी प्रधान(अमेरिका), डा. संगिता स्वेच्छा(वेलायत) रहेका छन् । समाजसेवातर्फ मञ्जु कार्की (अमेरिका ) र सुनिता डङ्गोल (नेपाल) रहेका छन् ।

मञ्जु कार्की नर्सिङ सेवामा छिन् भने सुनिता डङ्गोल काठमाडौं महानगरपालिकाकी उपमेयर हुन् । स्मरणीय छ गत वर्ष घोषणा भएको नवरत्न सम्मान नायिका मनिषा कोइरालाले हालसम्म ग्रहण नगरेको थाहा भएको छ ।

एक विज्ञप्ति प्रकाशित गरी केन्द्रीय कार्यसमितिका सदस्य तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने सदस्य रहेको चयन समिति गठन गरेको जनाएको छ । समितिले एक महिना भित्र ९ जना महिलाको नाम सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा नगद २ सय डलर र सम्मान–पत्रसहितको नवरत्न पुरस्कार प्रदान गरिने छ । सम्रणीय छ, हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।