• २०८१ असार २८ बिहीबार

‘युवावर्ष मोती पुरस्कार–२०८०’ प्रमोद सारंगलाई

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली भाषा– साहित्यको श्रीवृद्धिका लागि योगदान पु¥याएबापत यस वर्षको ‘युवावर्ष मोती पुरस्कार–२०८०’ कवि, गीतकार एवम् अनुवादक प्रमोद सारंगलाई प्रदान गरिने भएको छ ।वरिष्ठ भाषाविद् तथा साहित्यकार प्रा.डा.माधवप्रसाद पोखरेलको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार वि. सं. २०८० को युवावर्ष मोती पुरस्कार सारंगलाई प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरकारको राशि ४००००/–(चालिस हजार) नगद, स्वर्ण पदक र प्रमाण पत्र रहेको छ । राष्ट्रिय युवा कोषबाट नेपाली भाषासाहित्यको उत्थान र श्रीवृद्धिका लागि विविध गतिविधि सञ्चालन गरी प्रशंसनीय योगदान दिएबापत चालिस वर्ष ननाघेका स्रष्टालाई प्रदान गरिने सो पुरस्कार राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्तीको अवसरमा अर्पण गरिन्छ । मोती पुरस्कारको स्थापना वि. सं. २०४२ भएको थियो ।

मोती पुरस्कार सर्वप्रथम पाउने व्यक्ति दैवज्ञराज न्यौपाने हुन् । मूलतः कविता, गीतसं गीत तथा अनुवाद साहित्यमा कलम चलाउने प्रमोद सारंगका कृतिहरूमा अप्रिल फुल बाँचिरहेछ देश ( कवितासङ्ग्रह, २०६९), आवाज र आवाजहरू (मुक्तकसङ्ग्रह , २०७४), कोरियन र नेपाली कविहरूका कविता कन्सर्ट ,स्मारिका ( कवितासङ्ग्रह अनुवाद ,२०७४), काफिया (गजल एल्बम ,२०७५), अनूदित आँखाहरू( हाइकुसङ्ग्रह २०७६), अजयतृप्ति ( कवितासङ्ग्रह, २०७७) असर्फी (हाइकुसङ्ग्रह ,२०७९ ) रहेका छन् भने कोरियामा अनेक डायस्पोरा (सम्पादन,२०७६) अन्तरदृष्टि (सम्पादन ,२०७५–२०७७) रहेका छन् ।

त्यसैगरी, पुरस्कारहरूमा भानु जयन्ती खुला कविता प्रतियोगिता, प्रथम पुरस्कार,( बारा, २०५४) जिल्लाव्यापी खुला कविता प्रतियोगिता प्रथम पुरस्कार ,(बारा, २०५६), अञ्चल स्तरीय कविता पुरस्कार, तृतीय पुरस्कार,( मकवानपुर ,२०५७), स्थितिगद्ध्यात्मक (Stato Dynamic) खुला कविता महोत्सव, प्रथम पुरस्कार,स्वर्णपदक, (काठमाडौँ , २०६२) , प्रवासी गायन प्रतियोगिता (प्रथम पुरस्कार), (कोरिया, २००८), अनेसास कोरिया कविता पुरस्कार, ( कोरिया, २०७४ ) अनेसास उत्कृष्ट च्याप्टर पुरस्कार ( केन्द्र, २०७९), नइ कीर्तिरत्न अलङ्कार विभूषण (काठमाडौँ,२०८०) रहेका छन् । साथै, सम्मानहरूमा भानु द्विशतवार्षिकी सम्मान ,स्वर्णपदक, (नेपाल सरकार, २०७२), काव्य–सुधा कविता सम्मान, (कोरिया, २०७३), काव्य– सुधा मुक्तक सम्मान , (कोरिया –२०७४ ), नेसास कोरिया साहित्य सम्मान, (कोरिया,२०७५), गोर्खाली रेडियो सम्मान, कोरिया ( २०७६), अनेसास गण्डकी सम्मान– पोखरा, २०७८) , नगर सम्मान, बारा (२०७८), अनेसास सम्मान (कोरिया,२०७९) लगायत अन्य पदक, सम्मान र पुरस्कार रहेका छन् ।