• २०८१ बैशाख ८ शनिवार

साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा

मकवानपुर, साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदानगर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्षका लागि घोषणा गरेको छ । सङ्गमले यसवर्ष गद्यकविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’- २०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई प्रदानगर्ने भएको छ ।

रिमालका परिवारले अक्षयकोष स्थापना गरेको सम्मानको राशि २० हजार एक रुपैयाँ रहेको छ । त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना भएको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ यसवर्ष साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई प्रदान गरिदैछ । यस सम्मानको राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हास्य व्याङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गर्नु भएको‘ शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ का लागि यसवर्ष क्रमशः लघु कथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिने भएको छ । पौडेलले सासुआमाको नाममा स्थापना गरेको सम्मानको राशि जनही १० हजार एक रुपैयाँ रहेको छ ।