समाचार

तिमीले हामीलाई जन्म दिन सक्दैनौ
हामी जन्मिसकेको छौँ
विचार दिन सक्दैनौ
हाम्रो आफ्नै विचार छ
बाटो देखाउन सक्दैनौ
हाम्रा आफ्नै लक्षहरू छन्
आँखाहरू छन्
खाना दिन सक्दैनौ
हामी भोका छौँ भन्दैनौँ
लाउनु छ भन्दैनौँ
वास माग्दैनौँ
न्याय माग्दैनौँ
विकास माग्दैनौँ
प्रदूषणको शिकायत गर्दैनौँ
महङ्गी घटाऊ भन्दैनौँ
स्वास्थ-शिक्षा … केहीकेहीको आशा नै गर्दैनौँ !
स्वतन्त्रताको भीख पनि चाहन्नौँ
खोस्न जानेका छौँ …
भनभन तिमीसँग हामीलाई दिन सक्ने के छ ?
अतिरिक्त कैद गर्न सक्दैनौ
यसै कैदी भएका छौँ
के तिमीले
हामीहरूलाई
अतिरिक्त मृत्यु दिन सक्छौ ?
जसलाई जन्मँदा नै स्विकारी सकेका छौँ !
कात्यायन
चाबहिल, काठमाडौँ