पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ
यद्यपि यो हो कि
पर्खाल राम्रो पनि बन्न सक्छ,
त्यसमा लहरहरू लाग्छन्,
यद्यपि यो हो कि
पर्खालभित्र जे- जति पर्छ त्यो आफ्नो हुन्छ,
सुरक्षित रहन्छ,
पर्खाल सायद नभई हुन्न
मानौँ देवता हो त्यो
किन्तु पर्खाल पर्खाल मात्रै हो
त्यो आकाशमा पुग्न सक्दैन
र भित्रै पस्नेहरू त त्यसलाई उक्लने पनि हुन्छन्
र पर्खाल, त्यो भत्कन पनि सक्छ
परन्तु अचेलका सहर–सडक जो बालबच्चाका लागि काम लाग्दैनन्
र अचेल मानिसले जो मानिसहरूबाट आफूलाई बढ्ता अलग्याउनुपर्छ
पर्खालमाथि चाहे जतिसुकै खेद प्रकट गरूँ
म त्यसलाई लगाउँछु
( पर्खाल सायद सबभन्दा अप्रिय आवश्यकता हो )
सायद यो जमानामा हामी पर्खालको जरुरत मिटाउनलाई
पर्खाल लगाउँछौँ
हामी पर्खालका विरुद्ध पर्खाल लगाउँछौँ
( तर ) लगाउँछौँ, लगाउँछौँ
यद्यपि पर्खाल लगाएपछि धेरै कम भित्र पर्छ
( हुन त सब थोक सबभन्दा बढ्ता चाहिने युग पनि यही हो )
पर्खाल, लोग्नेमान्छेजस्तो पर्खाल,
टाउको लगेर ठोक्न पनि हुने पर्खाल ।
वासु शशी