गोपालकी छोरीले स्नातक पढ्दा साइकोलोजीमात्र लिएर पढ्छु नभये म त पढ्दै पढ्दिन भनी ! गोपाल बेसरकारी कालेजमा नपढा्उँने रे । यो कुराको निकै ठुलो वाद-विवाद चल्छ छोरी र बाउबीच । बाउले जिद्द न छोड्ने, उस्तै छोरी पनि ! दुबैजनाको बीचमा परिन आमा ! पालै सँग कालेजहरुका नयाँ भर्ना हुने सूची निक्लीन थाले । दुई कालेजमा नाउ पनि आयो तर जुन विषयमा पढ्न थियो त्यो नमिले पनि नयाँ भर्ना चैँ भयो । छोरी साह्रै दुःखीथी खोजेको विषय पढ्न नपाउँदा । अरू दुईवटा कालेजको निस्किनै बाँकी छ ! खै के हुने हो कुन्नि । “घरका सबैले छोरीको जात बाहिर किन पठाउँनु “भन्ने कुरा सुनेर स्नेहाकी आमालाई म अझैपनि सत्ययुग मैँ रहेछु जस्तो लाग्यो । म साँच्चै स्वाधीन छु ? के छोरीहरूको भिन्नै जात हुन्छ ? इत्यादि प्रश्न आयो !
कार्यालयमा गोपालले कर्मचारीहरूलाई “साइकोलजी“को विषयमा सोध्दा सबैले एकैस्वरले सर यो त साह्रै राम्रो विषय हो हजुरकी छोरी ज्ञानी रैछीन भन्दा छक्कै परे । कार्यालयबाट घर आएर छोरीलाई “लु आजै नाउँ भर्ना गर जहाँ भेटछेस् त्यहि “भनेको सुन्दा आमा र छोरी दुबै हेरेको हेरै भए ।
हिरनमयी आचार्य शर्मा, गुवाहाटी,असम, भारत
[email protected]