काठमाडौँ ।
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ सार्वजनकि गरिएको छ । अङ्ग्रेजी भाषामा लेखिएको डा. केसीको पुस्तक आईजीपी कुँवरसँगै शान्ति तथा द्वन्द्व अध्ययन केन्द्र कम्बोडियाकी अध्यक्ष डा. इम्मा लेस्ली र पूर्व रथी बालानन्द शर्माले संयुक्तरूपमा विमोचन गरेका छन् ।
पुस्तकमा पाँच वर्षको अपराध तथ्याङ्कलाई सूक्ष्म विष्लेषण गरिएको छ । डा. केसीले तथ्याकं विश्लेषणमा थुप्रै पाना खर्चेको पूर्व रथी शर्माले बताए । पुस्तकबारे बोल्दै शर्माले भने–‘हामीलाई खाँचो परेको पुस्तक डा.केसीले ल्याउनुभएको छ ।’
‘हामीले दिएको कुरा जनताले चाहेका छन् कि छैनन् भन्नेबारे पुस्तकमा व्याख्या गरिएको छ’ शर्माले भने–‘नेपाली कम्युनिटीपिच्छे फरक चाहना हुन्छ, त्यो चाहना प्रहरी बुझ्नुपर्छ भन्ने उहाँको पुस्तकमा उल्लेख छ ।’ तथ्याङ्क सङ्कलन र अनुसन्धान गरेर पुस्तक लेखेको भन्दै शान्ति तथा द्वन्द्व अध्ययन केन्द्र कम्बोडियाकी अध्यक्ष डा. इम्मा लेस्लीले डा. केसीलाई धन्यवाद दिइन् । उनले भनिन्–‘रिसर्चका लागि धन्यवाद ।’
आइजिपी कुँवरले डा. केसीले बौद्धिक क्षेत्रमा पनि छुट्टै पहिचान बनाएको उल्लेख गर्दै बौद्धिकताको पहिचान आफैँमा कठिन कार्य भएको बताए । कुँवरले भने– ‘प्रहरीका लागि यो पुस्तक महत्त्वपूर्ण दस्ताबेजको रूपमा रहनेछ ।’