• २०८० असोज ९ मङ्गलबार

लेखक प्रह्लादकृष्ण मानन्धरको पुस्तक ‘आत्म कथा’ विमोचन

काठमाडौँ  ।

काठमाडौँ मा आयोजित एक कार्यक्रममा लेखक प्रह्लादकृष्ण मानन्धरको पुस्तक ‘आत्म कथा’ लोकार्पण गरिएको छ। सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने उद्देश्यले ९० वर्षीय लेखक प्रह्लादकृष्ण मानन्धरले ‘आत्म कथा’ सार्वजनिक गरिएको छ ।

पुस्तक लोकार्पण प्रमुख अतिथि गौरी शंकर लालदासले गर्नुभएको थियो । पुस्तकबारे चर्चा गर्दै इतिहासविद् एवं त्रिभुवन विश्वविद्यालयका प्रा. डा. भवेश्वर पंगेनीले यसले नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिकलगायत विविध पक्षमा जानकारी दिने भएकाले यो इतिहासको महत्त्वपूर्ण स्रोत हुने कुरा बताउनु भएको थियो ।