• २०८१ फागुन ६ मङ्गलबार

योगमाया सम्मान प्रदान

काठमाडौं ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित एक कार्यक्रममा योगमायाको नाममा स्थापित ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान- २०८०’ अन्वेषक चन्द्रबहादुर बस्नेतलाई र ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान- २०८०’ जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीलाई अर्पण गरिएको थियो ।

उक्त सम्मानका साथ नगद राशि क्रमशः ३५ हजार र २५ हजार १११ रुपैयाँ प्रदान गरियो । कार्यक्रममा समाजको मुखपत्र ‘स्रष्टा दर्पण’को योगमाया विशेषाङ्क पनि सार्वजनिक गरिएको थियो । प्रमुख अतिथि कवि तुलसी दिवसले स्रष्टाहरूलाई सम्मानित गर्दै समाजको योगमायाप्रतिको चासो र कार्य प्रशंसनीय रहेको र योगमायाका बारेमा अझै थप अनुसन्धान र खोजी हुनुपर्ने कुरामा जोड दिनुभयो ।

मन्तव्यका क्रममा सम्मानित स्रष्टाहरूले प्राप्त सम्मानले आफूहरूमा ऊर्जा थपिएको बताउनु भयो । सोअवसरमा योगमाया न्यौपानेको सङ्घर्ष र योगदानको चर्चा गरियो । ’योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ पवन आलोकले तथा ’योगमाया न्यौपाने अभियन्ता सम्मान’ राजेश न्यौपानेले स्थापना गर्नुभएको हो ।