• २०८१ बैशाख ७ शुक्रबार

सर्वनामको थिएटरमा गीतिनाटक ‘सपना अनेक अनेक’मञ्चन

साउन ५ काठमाडौँ

नेपाली नाट्यक्षेत्रमा प्रसिद्ध नाम सर्वनामले साहित्यकार गीता खत्रीद्वारा लिखित खण्डकाव्य ‘’आमा हुन आमा ‘’मा आधारित सपना अनेक अनेक गीति नाटक तयार पारि सर्वनामको थिएटरमा प्रीमियर शो प्रदर्शित गरेको छ । कवि गीता खत्रीको खण्डकाव्यमा आधारित रहेर रङ्गकर्र्मी अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक–अनेक’ आजदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुँदै छ । सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुतगर्न लागेको हो । विदेश पुग्ने सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात-दिन तड्पिरहेकाहरूको कथा नाटकमा देख्न पाइनेछ । नाटकमा देशको माटोलाई आमाको विम्बका रूपमा प्रयोग गरिएको छ ।

प्रख्यात रङ्कर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशन संगै राजु सिंहको संगीत एवं लोकप्रिय गायक सत्यराज आचार्य र गायिका बानिका प्रधानको साथै नृत्यकलामै स्नातकोत्तर सम्मको अध्ययन गरेकी प्रमिला कार्की उप्रेतीको कोरियोग्राफि एवं कलाकारहरु मनोज महर्जन, धिरज थापा मगर, शुगुँ, रबिना परियार, निरीक्षा घतानी , भावना उप्रेती, र मिलन शाक्यको बेजोडको प्रस्तुतिले नाटक जीवन्त बनेको छ । यसै गरि प्रा. डा. साबित्री कक्षपतीको व्यवस्थापकीय संयोजन पासलाक्पा शेर्पाको कला संयोजनका साथै राजु शाहको प्रबिधि संयोजन लगायतको सम्पूर्ण टिमको उचित व्यवस्थापनले नाटकले प्राणतत्व संचार गर्न सफल भएको छ ।

कोरोना कहरको लामो विश्राम पछि नेपाली नाटक पारखीहरुका लागि एउटा फरक स्वाद र प्रस्तुति लिएर सर्वनामको यात्रा अघि बढेकोमा नाटकको अग्र्यानिक स्वादमा रमाउन चाहने वर्गहरुमा एउटा उत्साह देखिनु स्वभाविकै हो । नेपाली रंगमञ्चको क्षेत्रमा देवकोटाको मुनामदन, माधव घिमिरेको मालतीमंगले लगायत जीवन शर्माका ठूली गीतिनाटक मञ्चन गरिए तापनि सर्वनामको करिव ४५ वर्षको इतिहासमा पहिलो पटक साहित्यकार गीता खत्रीको ‘आमा हुन आमा’ खण्डकाव्य अन्तर्गत सपना‘ अनेक अनेक’ मन्चन गरिएको भएपनि निर्देशक तथा परिकल्पनाकार अशेष मल्लले आफ्नो निर्देशकीय कौशललाइ सुन्दर रुपमा प्रस्तुत गरि रोचकता प्रदान गर्दै गीतिनाटकको मूलमर्मलाइ न्याय प्रदान गरेका छन् ।

‘सपना अनेक अनेक’मा देशको युवापुस्ताको समकालीन परिवेशमा आधारित देश छोडेर दुरदेश (अमेरिका)जाने सपना र त्यहि सपनाका कारण सिर्जित रोदनका बीचमा देशप्रतिको प्रेम र तडपनलाइ प्रमुखता प्रदान गरिएको भएपनि आफ्नै माटो (नेपाल आमा) र बाटोको वियोग, मातृभूमिप्रतिको अगाध माया, परदेशको दुःख र स्वदेशको सम्झना, ट्वीन टावरको विध्वंस र त्यसले दिएका वियोग अनि पीडालाई परिघटनामा कथाले समेटेको छ ।

कथाको प्रवाहलाइ कुशल अनुभवी र शिल्पी संगीतकार राजु सिंहको शब्दको भावानुसारको संगीत सृजनाले त्यही भावलाइ आत्मसात गर्न सक्ने योग्यता प्रस्तुत गरेका छन् । लोकप्रिय गायक गायिका सत्यराज आचार्य र बानिका प्रधानको सुमधुर स्वरले नाटक सुमधुर संगीतमय बनेको छ । कुनै संवाद बिना गीत र संगीतमा कलाकारले शरीरको अभिव्यक्तिका आधारमा प्रस्तुति दिएर गीति नाटकको समग्र भावलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुपर्ने पूर्ण प्रशिक्षित कलाकारको जादुभरि अनि जीवन्त अभिनयले दर्शकलाइ पूर्ण रुपमा बांधेर राख्न सफल छ ।

‘सपना अनेक अनेक’ गीतिनाटक यहि साउन ५ गतेदेखि २१ गतेसम्म बिहीबार बाहेक हरेक दिन साँझ साढे ५ः३० बजे र शनिबार १ बजे अतिरिक्त शो प्रदर्शन हुनेछ ।