यस वर्षको गोपाल पाँडे असीम पुरस्कार साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा–साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएकोमा साहित्यकार डा. नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
यस्तै यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा.घनश्याम कँडेललाई प्रदान गरिने भएको छ । साहित्यकार प्रा.कँडेललाई पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याएकामा सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।गोपाल पाँडे असीम पुरस्कारको पुरस्कार राशि ५० हजार र भानु पुरस्कारको एक लाख २५ हजार रुपैयाँ तथा प्रशंसा–पत्र रहेको छ । गोपाल पाँडे असीम पुरस्कार असीम जयन्तीका अवसरमा र भानु पुरस्कार भानु जयन्तीका अवसरमा प्रदान गरिने परिषद्का सचिव लक्ष्मण थापाले जानकारी दिए ।