समाचार

काठमाडौँ/ ९ चैत २०७८
राष्ट्रिय नाचघर जमलमा अनेसास न्यूह्याम्सर च्याप्टर अमेरिकाका अध्यक्ष हरिमाया अधिकारीको गजलसङ्ग्रह ‘छोपिएको भाग्यरेखा’को विमोचन भएको छ । नेपाली बुक्स पब्लिकेसनद्वारा प्रकाशित उक्त सङ्ग्रहमाथि प्रमुख अतिथि प्राज्ञ जगमान गुरुङ, नियात्राकार प्रतीक ढकाल, कवि भवानी खतिवडा, कवि महेश पौडेल र कवि रेणुका सोललेु गजलसंग्रह माथि प्रकाश पारेका थिए ।