समाचार

१
शदरको जमरामा पारिजात फूलले पूजा गरे जसरी !
निधारको अक्षतमा कस्तुरी वासना आए जसरी !!
हिमालमा घामको पहिलो किरण परे झैं गरी !
चन्द्रको उज्यालो स्नेह दिलमा
परेर भरिए झैं सरी !!
२
माधवी फूलको सुवास झै बनोस् यो मेरो धर्ती
नरहुन जगतमा बककाझा कुनै
पनि भूमि र पर्ती !!
होस् महल सरिको भरिपूर्ण
यदेश सुन्दर अति !
कान्ति यस्को बढोस् जगत
भरी पुरन्दर बनी !!
३
होस् यो मोक्ष भूमि सारा जगत भरको अति सुन्दर !
जनता बनुन सबै यहककाका अति
नै समृद्ध धुरन्दर !!
उत्कृष्ट गजो बनोस् देश सबैको टेक्ने दरो लौरो !
राजसी र स्वाभिमानी बनुन हर नेपाली सुरो !
४
नहुन कोही पनि अति स्वार्थी यो देश भुल्ने मानिस !
नहुन कोही पनि पापी धरामा टेक्ने सबै मानिस् !!
हरेकलाई नै लागोस् यो प्रिय मृत्तिका स्वर्ग जस्तो !
सबैलाई मनमा पनि जागोस् जन्मभूमि पर्व जस्तो !
५
कोही भोका नाङ्गा र कोही नहुन् दीन दुःखी !
कोही शोकमा नडुबुन् र नहुन थोरै जन सुखी !!
राजनीतिज्ञहरूको राजनीति अति स्वच्छ बनोस् !
वीरहरूको भूमि भनि जगतमा यो देश चिनियोस !!
६
कोही बेरोजगार अनि कोही नहुन् तिरष्कृत
कोही नहुन अशिक्षित र नहुन परिलक्षित
माटो सबैकालागि बनोस् अति अनमोल
बाटोमा हिककड्नेसबै नेपाली बनुन शिक्षित
७
देशको स्वाभिमान र मानवीय पन रहोस् अति ठूलो
पदीय अभिमान र अमानवीय पन बनोस् अति सानो
सम्पतिको महत्वाकाङ्क्षा मन बाट सारा हटोस् !
जन्म दाताको साथ, काख र मन सारा ठूलो बनोस् !!
८
अक्षरहरूसित सबैले रमाउककदै खेल्न सिकियोस् !
शब्दहरूसित सबैले रमाउककदै घुल्न जानियोस् !!
विज्ञानलाई बुझेर सबैले रमाई
चल्न सकियोस् !
पुस्तक पल्टाएर सबैले घमाई पढ्न सकियोस्
देश नबन्ने त कुनै कुरै छैन ।
शुभा