मुक्तक

हैन्, किन ढोका ढकढक गरेको ? को हो हँ ? भन्दै बाहिर निस्क्यो । गेटमा नचिनेको मान्छे रैछ । सोध्न नपाई, नमस्कार हजुर, म जीवन बिमाबाट आएको हुँ । हजुरले जीवन बिमा गर्नु भयो कि छैन ? नगरेको भए हाम्रो कम्पनीमा गर्नु पर्याे भन्दै विभिन्न आश्वासन देखाउँदै एकछिन वृतान्त सुनायो ।
उसले सुनिरह्यो र नबोलि मौन बसिरह्यो । हुन्छ, कार्ड लिएर जानु बेलुका घर सल्ला गर्छु । पछि फोन गर्नु होला भन्दै कार्ड दिएर पुनः भित्र पस्यो । श्रीमतीेले सोधिं को रैछ, किन आएको रैछ ? जीवन बिमाको एजेन्ट त हो नि ! आफ्नो बिज्ञापन गर्न आएको बिमा गर्नु पर्याे भन्दै । मैले गर्दिन् भनेर पठाई दिएँ ।
अनि मलाई भन्नु पर्दैन् जीवन बिमा गर्नु पर्छ श्रीमतीको उत्तर थियो ।
डबल पैसा त आउँछ, गरे के हुन्छ । दुई ,चार हजारको लोभ गरेर हुन्न, खुरूक्क गर्नु । मरे पनि पैसा त डबल आउँछ के भयो त गर्र्नु । भोली गएर गर्नु है ।
भेली पल्ट मोबाईलमा घण्टी बज्यो ।
फोन उठायो उताबाट नमस्कार, म जीवन बिमाबाट हिजो आएको एजेन्ट । कतिको मृत्यु बिमा गर्नुहुन्छ भन्यो । उसले श्रीमतीलाई सोध्यो श्रीमतीले हुन्छ, गर्नु मरे पनि पैसा त डबल आउँछ भन्दै थिई ।
एकछिन मौन भयो र जवाफ दियो, “मरेको बाउलाई पाकेको केरा “ ।
दिनेश खत्री“एकल यात्री“
रामेछाप ।