• २०८२ बैशाख २९ सोमबार

सपना

पाश

पाश

हर कोइलाई आउँदैन सपना
बेजान बारूदका कणहरूमा
निदाएको आगोका सपना आउँदैनन्
नराम्रो गर्न उठेका
हत्केलाहरूलाई आउँदैन पसिना
दराजमा थन्किएका
इतिहासका ग्रन्थहरूलाई आउँदैन सपना
सपनाका लागि जरूरी छ
त्यसलाई बोक्नसक्ने एउटा मन
निंद्राको दृष्टि हुनु जरूरी छ
यसैकारण,
सपना आउँदैनन् हर कसैलाई ।

अनुवाद: राजेन्द्र शलभ