तेरो हो कि मेरो हो पुरानो झुपडी
बिर्सिएको छ अलिकति छानो, झुपडी !
म जाउँ मेरै हुन्छ तिमीजाऊ तिम्रै
अलि पनि चिन्दैन त त्यो कानो झुपडी !!
हुन त हामीमाझ हानाहान भएथ्यो
बेकारमा बनायौं अचानो झुपडी !!
लालाबाला सडकमै हुर्किएका थिए,
मेरो पनि हुनै पथ्र्यो एक सानो झुपडी !!
हामी दुइको अपनत्व पुरानै चाहियो,
बरु आजै छाडि हिडौ बिरानो झुपडी !!
(कृष्ण संयम पन्त साहित्य प्रेमी कवि हुन् ।)
[email protected]