कविता

भक्तपुर, चैत २०७९
पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष एवं पदम विश्वकर्मा साहित्य प्रतिष्ठानका संस्थापक पदमविश्वकर्माको उपस्थितिमा उक्त समारोह भएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा राजधानीमा शुक्रबार सम्पन्न उक्त समारोहको सभापतित्व नेपाल दलित तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विश्कर्माले स्वागत मन्तव्य तथा प्रतिष्ठानका विषयमा पदम विश्वकर्माको मन्तव्य पश्चात प्रतिष्ठानबाट प्रकाशित कृति प्रतिबन्ध कथासंग्रहको लोकार्पण प्रमुख अतिथि भुपाल राईलगायत मञ्चासीन सबैबाट गरेर समारोहको उद्घाटन गरिएको थियो । साहित्यकार सम्पादक रमेश दाहालको सम्पादन रहेको उक्त कृतिभित्र भेदभाव विरुद्धका २० ओटा कथाहरु संग्रहीत छन् ।
उक्त अवसरमा प्रतिष्ठानले गरेको विद्यालय स्तरीय राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका कविताका सर्जकलाइ क्रमशः नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।