• २०८१ पौष २९ सोमबार

‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ पुस्तक बजारमा

नियात्राकार घनश्याम राजकर्णिकारको पुस्तक ‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ सार्वजनिक भएको छ । पुस्तक कृष्ण पाउरोटी भण्डारले बजारमा ल्याएको हो । नेपालमा पाउरोटी उद्योगको स्थापना गर्ने कृष्णबहादुर राजकर्णिकार र कृष्ण पाउरोटी भण्डाका विषयमा यो पुस्तक आधारित छ ।

पुस्तकमा कृष्ण पाउरोटीको इतिहास, विकास र आरोह–अवरोहलाई लेखकले संस्मरणको रूपमा प्रस्तुत गरेका छन । लेखक कर्णिकारका केही चिन्तन केही मन्थन २०३५, विदेशको यात्रा स्वदेशको सम्झना २०३७, देश प्रदेशको भ्रमण २०४३, सम्झनाको लहरमा लहरिँदै जाँदा २०५२, बुद्ध ज्योतिका केही रश्मि २०६४ लगायत पुस्तक प्रकाशित भइसकेका छन्  ।