कविता भोजपुरी

हेम सरिता पाठक फाउन्डेसनले भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उदेश्यले आज २०७९ चैत ७ गते “विश्वकविता दिवस“को दिन पारेर एक लाख राशिको “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता“को सूचना जारी गरेको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता २०७९ (२०२३)को सूचना: यस हेम सरिता पाठक फाउन्डेसनले विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको आयोजना गर्ने कुरा जानकारी गराइन्छ । कविताको विषय सन्दर्भः भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन रचना पठाउने नियम यसप्रकार छन्ः
१. आफ्नो कविता इमेल मार्फत पठाउनुपर्नेछ ।
२.कविता टाइप गरेको हुनुपर्नेछ । ३. कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ । ४. कुनै पनि राजनैतिक पूर्वाग्रह र गाली गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वतः अस्वीकृत हुनेछन् । ५. एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ । एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछन् । ६. कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनु पर्नेछ । ७. कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ । ८. प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वतः अस्वीकृत गरिनेछ । ९. प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुनेछ । १०. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ । ११. कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० साउन मसान्तसम्म हुनेछ । १३. पुरस्कारः नगद १,००,०००/– एक लाख (प्रमाणपत्र सहित) हुनेछ । १४. पुरस्कारको निर्णय अघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका कविताहरुको सम्बन्धित कविहरुले आ-आफ्नो स्वरमा भिडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ । १५. यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको सङ्ग्रह प्रकाशित गरिनेछ । पुनश्च: प्रतियोगी कविले आफ्नो यस अगि भ्रष्टाचार विरुद्धको लेखिएको कविताको पनि जानकारी गराउनुपर्ने छ ।
सम्पर्कः[email protected],PhoneNo.M 9851059354
हेम सरिता पाठक फाउन्डेसन भवदीय, राधेश्याम लेकाली अध्यक्ष, हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखा (संयोजकः भ्रष्टाचार विरुद्ध कविता प्रतियोगिता तयारी समिति) ।