• २०८२ माघ २०, मंगलवार

सुमन वर्षाका पाँच हाइकु

सुमन वर्षा

सुमन वर्षा

झुल्केन जून
मनको आँगनमा
पूर्णेको रात

पूर्ण चन्द्रमा
अधरमा झुल्कियो
झल्मल साँझ

चाँदनी रात
बिरह गित गाए
जोडी उल्लुले

माधुर्य चाँद
मनको आसनमा
विराजमान

एक्लो चन्द्रमा
टुलुटुलु हेर्दैछ
उस्को प्रेमिका


सुमन वर्षा